ज्योति विकास बैंक र आइएमई पे बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि श्रावण १४ गते मगंलबार सम्झौता भएको छ। ग्राहकवर्गहरुलाई डिजिटल भुक्तानी सेवा अझ सहज बनाउन को लागि ज्योति विकास बैंकले आइएमई पे सगं उक्त सहकार्य सम्झौता गरेको छ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली तथा आइएमई पेका तर्फबाट आइएमई पेका डाइरेक्टर खिलेन्द्र पौड्यालले हस्ताक्षर गर्नुभएको हो।
यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आइएमई पेको प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन्। आइएमई पेको मोबाइल एप प्रयोग गरी बैंकका ग्राहकहरुले मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएच भुक्तानी, बीमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, होटेल रुम बुकिङ, अनलाइन सामान खरिद जस्ता थुप्रै सेवाहरु प्राप्त गर्नेछन्।
हाल बैंकले ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. २९. ५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २५. ५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
Download file for full story :
Download