आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट डिजिएम सुशिलकुमार शर्मा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा ज्योति विकास बैंक लिमिटेडबाट पाउने छन् ।